Rule 65
टाँचाको दर्ता र प्रयोग
(१) साझेदारी वन उपभोक्ता समूहले काठ, दाउरा सङ्कलन तथा बिक्री वितरण प्रयोजनको लागि कटान हुने रूख र काठमा प्रयोग गर्नका लागि अनुसूची-२९ बमोजिमको ढाँचामा टाँचा बनाई डिभिजन वन कार्यालयमा दर्ताका लागि निवेदन दिनु पर्नेछ। (२) उपनियम (१) बमोजिम निवेदन परेमा डिभिजनल वन अधिकृतले टाँचाको नमुना हेरी टाँचाको विवरण दोहोरो नपर्ने गरी निःशुल्क रुपमा साझेदारी वन उपभोक्ता समूहको टाँचा दर्ता गरिदिनु पर्नेछ। डिभिजन वन कार्यालयले दर्ता भएका टाँचाको अच्चावधिक विवरण तयार गरी निर्देशनालय र विभागमा पठाउनु पर्नेछ।
(३) साझेदारी वन उपभोक्ता समूहको टाँचाको प्रयोग र सुरक्षाको जिम्मेवारी त्यस्तो उपभोक्ता समूहको अध्यक्षको हुनेछ।
(४) साझेदारी वन. उपभोक्ता समूहको टाँचा कुनै कारणवश हराएमा वा नोक्सान: भएमा त्यस्तो उपभोक्ता समूहले डिभिजन वन कार्यालयलाई सोको तत्काल जानकारी दिनु पर्नेछ। यस्तो अवस्थामा साझेदारी वन उपभोक्ता समूहले पुरानो टाँचा रद्द गराई नयाँ टाँचा:बापत दुईहजार पाँचसय रुपैयाँ दस्तुर बुझाई डिभिजन वन कार्यालयमा नयाँ टाँचा दर्ता गराई प्रयोग गर्नु पर्नेछ। यसरी प्राप्त भएको रकम प्रदेश सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम रद्द गरेको पुरानो टाँचा र दर्ता गरेको नयाँ “टाँचाको जानकारी डिभिजन वन कार्यालयले विभाग, सबै प्रदेश अन्तर्गतका निर्देशनालय र सबै डिभिजन वन कार्यालयलाई दिनु पर्नेछ।
(६) साझेदारी वनबाट उत्पादित साझेदारी वन उपभोक्ता समूह बाहिर बिक्री वितरण हुने काठ, दाउराको ओसारपसार गर्दा साझेदारी वन उपभोक्ता समूह र डिभिजन वन कार्यालय दुवैको टाँचा प्रयोग गर्नु पर्नेछ ।